neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना बायर्नसँग पराजित

Sep 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ ३०

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बायर्न म्युनिखसँग हार ब्यहोरेको छ ।मंगलबार राति भएको .नयाँ सिजनको पहिलो खेलमा बायर्नले बार्सिलोनालाई ३-० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले दुई गोल गरे भने थोमस मुलरले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५६ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi