neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको सहज जित

Sep 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २९

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोलले पराजित गरेको हो ।

एभर्टनलाई जित दिलाउन माइकल कीन,एन्ड्रोस टाउनसेन्ड र डेमराई ग्रे ले एक-एक गोल गरे ।बर्नलीका बेन मीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता बर्नलीले लिएको थियो । खेलको ५३ औँ मिनेटमा बेन मीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको ६० औं मिनेटमा एभर्टनका माइकल कीनले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ६५ औँ मिनेटमा एभर्टनका एन्ड्रोस टाउनसेन्डले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

लगत्तै ६६ औँ मिनेटमा डेमराई ग्रे ले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै एभर्टनले चार खेलबाट दश अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको म्यानचेस्टर युनाइटेड ,दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलको पनि चार खेलबाट दश -दश अंक छ ।पराजित बर्नलीको चार खेलबाट एक अंक छ र तालिकाको १८ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi