neapl investment mega bank
  • गृहपृष्ठ
  • संवैधानिक परिषद्सम्बन्धी विवादको सुनुवाइ गर्न माग गर्दै पुरक निवेदन

संवैधानिक परिषद्सम्बन्धी विवादको सुनुवाइ गर्न माग गर्दै पुरक निवेदन

Sep 13th, 2021

काठमाडौँ, २८ भदौँ /रासस

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदर गर्न माग गरिएकोे मुद्दामा न्यायिक काम कारबाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि अवरुद्ध सुनुवाइ तत्काल पुनः सञ्चालन गर्न माग गर्दै आज पूरक निवेदन दर्ता गर्नुभएको हो ।

“संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निश्कृय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिने र बिना अवरोध सुनुवाइ हुन नदिन न्यायिक टिप्पणीसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ”, पुरक निवेदनमा भनिएको छ ।

पूरक निवेदनमा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(४) बमोजिम मूल मुद्दाको सुनुवाइ तत्काल पुनः सञ्चालन गर्नु भनि प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी अविलम्ब न्याय निरूपणमा लागि निरन्तर सुनुवाइमा राख्न माग गरिएको छ ।

यसअघि, न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश संवैधानिक इजलासमा रहने वा नरहने भन्ने विवादको अन्तिम टुङ्गो नलागेसम्म सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि, संवैधानिक परिषद्मा नियुक्तिसम्बन्धी विवादको सुनुवाइ तत्काका लागि रोकिएको छ ।