neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ

Sep 13th, 2021

काठमाडौँ, २८ भदौ /रासस

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ
टीयू, केयू, पीयू होइन डीयू (धामी युनिभर्सिटी) खोले हुन्छ
टिचिङ अस्पताल होइन, झारफुक अस्पताल खोले हुन्छ
स्वास्थ्य चौकी होइन, फुकफाक चौकी खोले हुन्छ ।

लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तकको कविता शीर्षक ‘ए हजुर १ एसो गरे कसो होला’ बाट साभार गरिएको हो । परिवर्तनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोक्सीप्रथामा केन्द्रित रहेर गरिएको अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को विमोचन गरिएको हो ।

कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले अहिले पनि बोक्सीको आरोपमा कुटपिट गर्नु, दिसापिसाब खुवाउनु, गाली बेइज्जती गर्नु दुःखद् विषय रहेको बताउनुभयो । समाजमा अहिले भइरहेका विभिन्न किसिमका महिला हिंसाका घटना कम गर्न सामहिक आवाज बनाएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सामाजिक अभियानकर्मी राधा पौडेलले सबै जाति, वर्ग, लिङ्ग र राजनीतिक दलसमेतको सामूहिक आवाज बनाउन सके हाल समाजमा घटिरहेका कुरीतिका घटना कम गर्न सकिनेमा जोड दिनुभयो । अधिवक्ता शशी बस्नेतले मानसिक परिवर्तन नआएसम्म यस्ता किसिमको घटना घटिरहने र हाम्रो समाजमा हजारौँ निर्मला पन्त बलात्कृत र मृत्यु भइरहने धारणा राख्नुभयो ।

बोक्सीको आरोप लगाएपछि पर्ने मानसिक असरले पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिकरूपमा पनि ठूलो समस्या आउने भन्दै त्यसबारे पनि अध्ययनको आवश्यकता रहेको चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दिरा घलेले भनाइ राख्नुभयो ।

एक सय ६७ पाना रहेको उक्त पुस्तकमा नेपालमा बोक्सी प्रथा, विश्वमा बोक्सी हिंसाका घटना, मन्त्रशास्त्र, धर्मशास्त्र, धामी झाँक्रीको इतिहास, अन्धविश्वास र प्रथा साथै यस विषयमा गरिएको वैज्ञानिक विश्लेषण र बोक्सी आरोप, यातना कारण र असरका बारेमा उल्लेख गरिएको छ । लेखकद्वय खड्का र कुँवरले अझै पनि समाजमा पिछडिएका वर्ग नै हिंसामा पर्ने गरेको मुख्य विषयवस्तु आफ्नो पुस्तकको रहेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi