neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिडको सानदार जित,बेन्जिमाले गरे ह्याट्रिक

रियल मड्रिडको सानदार जित,बेन्जिमाले गरे ह्याट्रिक

Sep 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७


रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई ५-२ गोलले पराजित गरेको हो।

घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन करीम बेंजामाले ह्याट्रिक गरे । त्यस्तै भिनिसियस जुनियर र एडुआर्डो कैमाविङ्गाले एक-एक गोल गरे । सेल्टा भिगोका सान्ती मीना र फ्रान्को सर्विले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता सेल्टा भिगोले लिएको थियो । खेलको चौथो मिनेटमा सेल्टा भिगोका सान्ती मीनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको २४ औं मिनेटमा करीम बेंजामाले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ३१ औं मिनेटमा सेल्टा भिगोका फ्रान्को सर्विले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर,खेलको ४६ औं मिनेटमा करीम बेंजामाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

खेलको ५४ औं मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए। ७२ औं मिनेटमा एडुआर्डो कैमाविङ्गाले गोल गर्दै टोलीलाई ४-२ ले अघि बढाए।

त्यसपछि खेलको ८७ औं मिनेटमा करीम बेंजामाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ५-२ को शानदार जित दिलाए ।

जितसंगै रियल मड्रिडलेले चार खेलबाट १० अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित सेल्टा भिगोको चार खेलबाट एक अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi