neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिभरपुलको सहज जित,सलाहको प्रिमियर लिगमा १०० औं गोल पूरा

लिभरपुलको सहज जित,सलाहको प्रिमियर लिगमा १०० औं गोल पूरा

Sep 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २८

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको लिड्स युनाईटेडलाई ३-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह,फाबिन्हो र साडियो मानेले एक-एक गोल गरे ।

खेलको २० औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५० औँ मिनेटमा फाबिन्होले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ६० औँ मिनेटमा लिड्स युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।लिड्स युनाईटेडका पास्कल स्ट्रुजीकले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।यससँगै मोहम्मद सलाहको प्रिमियर लिगमा १०० औं गोल पूरा गरेका छन् ।

जितसँगै लिभरपुलले चार खेलबाट दश अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ ।पराजित लिड्स युनाईटेडको चार खेलबाट दुई अंक छ र तालिकाको १७औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi