आधारभूमि संवाददाता
काठमाडौं, भदौ २८
बजेट राजनीतिक प्रतिशोध र वितरणमुखी भएको भन्ने बिपक्षिको आरोप खण्डन गर्दै सरकारले प्रतिस्थापन बिधेयक मार्फत ल्याइएको बजेट संघियता र संविधानको मुल मर्म अनुसार आएको बताएको छ ।
चुनाव केन्द्रित गरि पैसा बाड्ने गरि कार्यक्रम नआएको तर बजेट निम्न गरिबहरुलाई दशैमा राहत दिने गरि आएको अर्थमन्त्री जनार्दन शर्माको भनाई छ।
वितरणमुखी नभई राज्यले स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने संविधानको मुल मर्म अनुसार मिर्गौला क्यान्सर, मिर्गौला र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई उपचार गर्न लागेको तर्क पेश गरेका छन् ।
तर, राज्यले अहिलेसम्म गरिब के कति छन् भनेर तिनको वास्तवीक लेखाङ्कन गर्न सकेको छैन । अनौपचारिक क्षेत्रका ५ लाख परिवारलाइ प्रति परिवार १० हजार नगद अनुदान दिने घोषणा छ । तर, यि ५ लाखमा को को पर्छन् भन्ने जोखिम छ ।
क्यान्सर, मिर्गौला र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणाले खर्च बढाएपनि यो रकम भने वास्तवीक क्षेत्रमा जाने देखिन्छ ।
यता राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको जिवनवृतिका लागि मासिक ३ हजार भत्ता दिने घोषणा गरेका छन् । जसले पनि राज्यको नै खर्च बढाउने निश्चीत छ । यो पनि आफ्ना कार्यकर्ता नै लक्षित गरेर आएको कार्यक्रम हो ।
यसअघिको बजेटमा भन्दा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ । यसअघि अध्यादेशमार्फत आएको बजेटमा २ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको थियो ।
प्रत्येक पालिकामा ५ सय युवालाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ । सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको व्यवस्था गरिने छ । सहकारी संस्थाहरुले भगिनि संस्था बनाएर कर्जा लगानीको ५० प्रतिशत कृषि र उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएको छ । यि भने सरकारले गरेका केहि राम्रा कामहरु हुन् ।