neapl investment mega bank
  • गृहपृष्ठ
  • मञ्जुश्री फाईनान्सको चार नयाँ शाखाको शुभारम्भ

मञ्जुश्री फाईनान्सको चार नयाँ शाखाको शुभारम्भ

Sep 12th, 2021

काठमाडौ, भदौ २७

मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो बाह्रौं,तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्य ज्यूहरुले शाखा कार्यालयको उद्घाटन गर्नुभ भएको हो । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ रहनेछ ।

२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ए टि एम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।