neapl investment mega bank
  • गृहपृष्ठ
  • परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद गठन

परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद गठन

Sep 12th, 2021

काठमाडौ, भदौ २७

नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ । समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी रहेकाछन ।

समितिको सह–अध्यक्षमा शरदकुमार तिवडेवाला हुनुहुन्छ भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, शिलशिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड रहेकाछन । समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्नेछ ।

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता रहनु भएको छ । परिषदका सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा रहेकाछन । समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्नेछ । परिसंघका राष्ट्रिय षरिषद सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको छ। परिषदको कोअर्डिनेटिङ उपाध्यक्षमा उपाध्यक्ष राजेशकुमार अग्रवाल रहेकाछन ।

परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल ररतनलाल केडिया रहनु भएको छ । यसैगरी परिसंघका कानुनी सल्लाहकार शैलनाथ गौतम समितिको आमन्त्रित सदस्य रहेकाछन । परिषदले श्रम सम्बन्ध सुधारका लागि नेपाल सरकार र सरोकारवालासँग सहकार्यमा काम गर्नेछ ।