काठमाडौ, भदौ २७
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । सोही क्रममा बैंकले भदौ महिनामा मात्र पाँच विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुमा सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाँ रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा पाल्नुहुने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आराम कुर्र्सीहरुको अभाव भएको हँुदा बैंकले तीन थान तीन सिटरको फलामको कुर्सी मालपोत कार्यालय—कास्कीलाई हस्तान्तरण गरेको छ ।
यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउनका निमित्त रेश्ट फाउन्डेसन अन्र्तगत हेरचाह गरिएका आर्थिक स्थिती कमजोर भएका बालबालिकाका लागि चाहिने किताबको दराजको निमार्ण गर्न हेतु ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
यसै गरी, बैंकले भैसेपाटी स्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केहीहदसम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ । यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
यो सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।