neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बम राखेर तीन करोड रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ

बम राखेर तीन करोड रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ

Sep 12th, 2021

काठमाडौ, भदौ २७

बम राखेर तीन करोड रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.–५ घर भई हाल जिल्ला काठमाण्डौं, का.म.न.पा. फुटुङ बस्ने बर्ष २५ को आशिष कुँवर, धादिङ नै घर भई काठमाडौ.बस्ने निजको सहोदर भाई बर्ष २० को अभिषेक कुँवर र रोल्पा साविक कुरेली गा.वि.स.वडा नं.–५ हाल परिवर्तन गाउँपालिका वडा नं.–१ खोलावाङ बस्ने बर्ष ४० को अम्मर बहादुर रोक्का मगर पक्राउ परेका हुुन ।

पक्राउ परेका व्यक्तिहरुले काठमाण्डौं, का.म.न.पा.वडा नं.–९ पुरानो बानेश्वार स्थित मातृका आँखा अस्पतालका डाक्रलाई यही भदौ २४ गते आशिष कुँवरले वारम्वार फोन गरी अस्पताल र घर समेतमा बम राखी पड्काई अस्पताल र घर परिवार समेतलाई ध्वस्त पारी दिन्छौं भनि धम्काउने र अस्पताल र घर परिवार सुरक्षित राख्ने भए तीन करोड तयार गरी नागढूङ्गामा लिई आउनु भन्दै आएका थिए । ति तीन जना व्यक्तिहरुलाई महानगरीय प्रहरी परिसरका प्र्रहरी उपरीक्षकको कमाण्डमा टोली परिचाल गरी नियन्त्रणमा लिई परिसरवाट सम्मानित जिल्ला अदालतवाट अपराधिक लाभ (एक्सटर्सन) मुद्धामा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मध्ये केही पेशाले होटल मजदुर रहेकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi