neapl investment mega bank
  • गृहपृष्ठ
  • एम.सि.सी सम्झौता राष्ट्रघात होः सी पी मैनाली

एम.सि.सी सम्झौता राष्ट्रघात होः सी पी मैनाली

Sep 12th, 2021

काठमाडौ, भदौ २७

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसदवाट पास हुन नहुने बताएका छन । आज संवाद क्लव नेपालमा “भ्रष्टचारविरुद्ध नेपालले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन । उनले नेपालको पञ्चायतकाल देखिको लामो राजनीतिक घट्नाक्रमलाई स्मरण गराए । उनले एम.सि.सी राष्ट्रघात भएको उल्लेख गरे । उनले देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताए । अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ त्यो सत्तारुढ दलको स्वार्थमा नीहित रहेको मैलालीले बताएका छन । संसदवाट एमसीसी पास भयो भने मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैलालीले उल्लेख गरे ।

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका सीपी मैनालीले यदि एमसीसी संसदवाट पास भयो भने नेपालको संविधान र कानुन भन्दा माथि हुने उल्लेख गरे । यो एमसीसी ठूलो राष्टघात भएको मैनालीले स्पस्ट परे । हाम्रो छिमेकी देश चीनलाई सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको मैलालीले खुलासा गरे । उनले चीन नेपालको बिरोधी राष्ट नभएको स्पस्ट पारे । उनले एमसीसी नेपाल सरकारले तरुन्त फिर्ता लिनु पर्ने बताए । उनले यो सम्र्झाैता राष्टघात भएको उल्लेख गरे । अहिले जनस्तरमा चर्चापरिचर्चा भईरहेको एम.सि.सी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रष्ट पारे ।

एम.सि.सी.मा भएका केही घातक बुँदाहरु जस्तै एमसिसीका पद्दाद्यिकारीहरुलाई नेपालमा कुनै मुद्दा नलाग्ने, उनीहरुको सामान नेपाल प्रहरीले चेकजाँच गर्न नपाउने, नेपाल सरकारले एम.सि.सी.का पद्दाद्यिकारीहरुलाई आवासिय भिसा दिनुपर्ने जस्ता बुँदाहरु रहेको उल्लेख समेत गरे । एम.सि.सी. नेपालको संसदबाट पास गरेमा नेपालको कानुनभन्दा एमसिसी सर्वाेच्च हुने कुरा पनि उनले प्रष्ट पारे । उनी भन्छन्,“एमसिसी संसदबाट पास गर्दा नेपालको कानुन बन्न जान्छ ।

एम.सि.सी नेपालको राज्यभन्दा ठूलो हुन्छ ।” मैनालीले भने । सोही कार्यक्रममा बोल्दै बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले एमसीसी संसदवाट पास भएमा नेपाल सिक्मिीकरण हुने ठोकुवा गरे । यो एमसीसी राष्टघात भएको उनले स्मरण गराए । उनले भने यो एमसीसी संसदवाट पास भयो भने नेपाल फिजी की सिक्किमीकरण हुन्छ । कार्यक्रम भ्रष्टचारविरुद्ध नेपालका अध्यक्ष रामकुमार ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।