neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार पाँचौ जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको लगातार पाँचौ जित

Sep 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७


फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौ जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन एन्डर हेरराले दुई गोल गरे भने केलियन एमबाप्पे र इड्रिसा गुइएले एक-एक गोल गरे ।

खेलको २० औँ मिनेटमा एन्डर हेरराले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३१ औँ मिनेटमा एन्डर हेरराले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ६५ औँ मिनेटमा इड्रिसा गुइएले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै पीएसजीले पाँच खेलबाट १५ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित क्लेरमोन्ट फुटको पाँच खेलबाट आठ अंक छ र तालिकाको चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi