neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स नापोलीसँग पराजित

Sep 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७


इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले हार ब्यहोरेको छ ।शनिबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई २-१ गोलले पराजित गरेको हो ।

नापोलीलाई जित दिलाउन माटियो पोलीटानो र कालिडो कौलिबलीले एक-एक गोल गरे ।युभेन्ट्सका अल्वारो मोराटाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने युभेन्ट्सले लिएको थियो।खेलको १० औं मिनेटमा अल्वारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा नापोलीका माटियो पोलीटानो गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ८५ औं मिनेटमा कालिडो कौलिबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।

जितसँगै नापोलीले तीन खेलबाट ९ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित युभेन्ट्सको तीन खेलबाट एक अंक छ र १६औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi