neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्री शर्मा र एमसीसीका उपाध्यक्षबिच सुमारबिच भेटवार्ता

अर्थमन्त्री शर्मा र एमसीसीका उपाध्यक्षबिच सुमारबिच भेटवार्ता

Sep 11th, 2021

काठमाडौ, भदौ २६

अर्थमन्त्री जनार्धन शर्मा प्रभाकर र नेपाल भ्रमणमा रहेकी अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्याक्ष फतिमा सुमारबिच भेटवार्ता भएको छ । सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मा समक्ष अर्थमन्त्रालयमा आज शनिवार भेटवार्ता गरेको हो ।

भेटका क्रमशमा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्जबिच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका बिषयमा राजनीतिकस्तरमा छलफल भईरहेको बताए । सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शिघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान जोड दिएकी थिईन ।