neapl investment mega bank
  • गृहपृष्ठ
  • लिटमस केबलमा महानायक हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरकोरुपमा नियुक्त

लिटमस केबलमा महानायक हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरकोरुपमा नियुक्त

Sep 11th, 2021

काठमाडौ, भदौ २६

लुम्बिनी विद्युत उद्योग प्रा.लिले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडकोरुपमा नियुक्त गरेको छ ।

२ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ । लुम्बिनी विद्युतउद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रि इन्र्फोसमेन्ट (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपाल कै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबै भन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको” कुरा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताउनु भयो ।

“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल ग¥यौं । वास्तवमै यस्तो एडभान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” राजेश हमालले बताउनु भयो ।

अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर केबल, कभर्ड कन्डक्टर्स पावर, केबल कन्ट्रोल्स केबल, मल्टिकोर फिक्जेबल केबल, डोमेस्टिक हाउस लगायतका सामानहरुको उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ । लुम्बिनी विद्युत उद्योग लि नेपालको सबै भन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूह मध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।