neapl investment mega bank
  • गृहपृष्ठ
  • नाडाबाट महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरु हस्तान्तरण

नाडाबाट महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरु हस्तान्तरण

Sep 10th, 2021

काठमाडौ, भदौ २५

नाडा अटोमोवाईल एशोसिएसन अफ नेपालले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको छ ।

आज शुक्रबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाण्डौको एक प्रमुख स्थान त्रिपुरेश्वर चोकमा एउटा औपचारिक कार्यक्रमका विच ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई नो हर्न स्टिकर १० हजार थान, कोभिड १९ विरुद्धको मास्क पाँच हजार थान, तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर दुुइर्ए सय थान र ट्राफिक नियमको पालना गरौ चेतनामूलक व्यानर दुई सय थान हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।

उक्त कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी समेतको उपस्थित रहेको सो कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका बरिष्ठ अधिकाकारीहरु समेतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गर्नु भएको थियो ।