neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मेस्सीको ह्याट्रिकसंगै तोडे पेलेको कीर्तिमान

मेस्सीको ह्याट्रिकसंगै तोडे पेलेको कीर्तिमान

Sep 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २५ भदौ

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले जित निकालेको छ ।शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे ।मेस्सीले एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेका हो ।

खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।

यससँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका छन्।मेस्सीले दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका हुन्।

मेस्सीले बोलिभियाविरुद्धको ह्याट्रिकसँगै १ सय ५३ खेलमा ७९ गोल गर्दै कीर्तिमान तोडेका हुन् ।पेलेले राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गरेका थिए ।

जितसँगै अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित बोलिभियाको ९ खेलबाट छ अंक छ र नवौं स्थानमा छ ।शीर्ष स्थानको ब्राजिलको ८ खेलबाट २४ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi