neapl investment mega bank
  • गृहपृष्ठ
  • ऊर्जा बचत कार्य गरे वापत राष्ट्रिय बाँणिज्य बैंकद्धारा चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण

ऊर्जा बचत कार्य गरे वापत राष्ट्रिय बाँणिज्य बैंकद्धारा चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण

Sep 9th, 2021

काठमाडौ, भदौ २५

राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफ डब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इर्नर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैंया, प्रिमियर वायर्स प्रा.लि. लाई ९३ लाख ६० हजार तीन सय बीस रुपैंया, हुलास स्टील इन्डष्ट्रिज प्रा.लि. लाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैंया र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८ सय रुपैंया रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इर्नर्जी इफिसेन्सी प्रोग्राम नेपालको आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जुकेटिभ एजेन्सी (पिईए) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा ईनईईपी, जिआईजीका प्रमुख सल्लाहकार फ्राङ्क बुमर, केएफडब्लु काठमाडौंका प्रतिनीधि निरज सुवेदी, बैंकका विभागीय नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, उप प्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः प्रदिप निरौला, प्रशान्त नेपाल, सन्दीप खडका, विजयसिंह बैद्य लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।