neapl investment mega bank

शुन्य दसमलव ६२ अंकले घट्यो नेप्से

Sep 9th, 2021

काठमाडौं, भदौ २४

नेप्से आच बिहिबार पनि घटेको छ । आज नेप्से शुन्य दसमलव ६२ अंकले मात्र घटेर दुुई हजार आठ सय ७५ दसमलव ९७ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव ५३ अंकले घटेर पाँच सय ३५ दसमलव २९ अंकमा झरेको छ । दुई सय ३० वटा कम्पनीहरुको ७२ हजार आठ सय ५८ पटकको कारोवारमा एक करोड ४४ लाख ७४ हजार आठ सय ५५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब सात करोड सात लाख ७० हजार ७० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा आज चार वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव १७ अंकले घटेर एक हजार नौ सय ३२ दसमलव २३ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुुबित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि उच्च अंकले घटेकाछन । जलबिद्युुत समुहको सुचक भने ६२ दमसलव ७५ अंकले बढेर तीन हजार तीन सय ५४ दसमलव ६६ अंकमा पुग्दा जीवन बीमा, टे«डिङ र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन पावर पार्टनर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिडी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज रिडी हाईड्रो पावर कम्पनी परेको छ ।