काठमाडौ, भदौ २४
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले “हुण्डाई फेस्टिभ डिलाईन २०७८ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हण्डाई आई २० गाडी, तीन लाख सम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत एक लाख सम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस चाडपर्वको मौकामा पनि “हुण्डाई फेस्टिभ डिलाईन २०७८” मार्पmत ग्राहकहरुलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।