neapl investment mega bank
  • गृहपृष्ठ
  • तोलामा १०० ले घट्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो ?

तोलामा १०० ले घट्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो ?

Sep 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ,२४ भदौ

आज सुनको मूल्य घटेको छ । बुधवार तोलामा ९० हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले घटेर ९० हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ९० हजार १०० मा कारोवार भएको छ । यस अघि बुधवार तेजावी सुन रु ९० हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु १० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० तोकेको छ । यस अघि बुधवार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो ।