neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा चार जना च्यापेर सुटुक्क समाजवादीमा : नेकपा एमालेमा खैला बैला

महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा चार जना च्यापेर सुटुक्क समाजवादीमा : नेकपा एमालेमा खैला बैला

Sep 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २४

ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापाको ढुलमुले र दोहोरा चरित्रका कारण महाक्ष्मीनगरपालिका भित्रका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमा ठुलो खैला बैला मच्चिएको छ । उपमेयर कहिले यता त कहिले उता गर्ने द्वैद चरित्रका कारण तलका कार्यकर्ताहरुमा समेत अन्यौलता छाएको बुझिएको छ ।

पछिल्लो चरणमा गत भाद्र १२ गते नेकपा एमालेका पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको कार्यक्रममा मेयर रामेश्वर श्रेष्ठ सहित देखा परेकी महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा वडा नं. १ का नन्द नेउपाने, ४ का लक्ष्मण रोक्का, ७ का नकुल थापा र वडा नं.३ की महिला नगर सदस्य सृजना के.सी. च्यापेर नेकपा समाजवादीमा सुटुक्क पसेको खबर आधारभुमि सम्वाददातालाई जानकारी गराएका छन् ।