आधारभूमि संवाददाता
काठमाडौँ, २४ भदौ
फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इटालीले फराकिलो जित निकालेको छ ।बुधवार राति भएको खेलमा इटालीले लियुनियालाई ५–० गोलले पराजित गरेको हो ।
इटालीलाई जित दिलाउन मोइस केनले दुई गोल गरे भने जियाकोमो रास्पडोरी र जियाकोमो गिओवन्नि डि लोरेन्जोले एक-एक गोल गरे ।इटालीले एक गोल आत्मघाति उपहार पाएको थियो ।
यससँगै इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ ।यसअघि १९९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेनले समान ३५–३५ खेलसम्म अपराजित रहने किर्तिमान बनाएका थिए ।
जितसँगै इटालीले ६ खेलबाट १४ अंक जोडेको छ र समूह (सी)को शीर्ष स्थानमा छ । पराजित लियुनिया अंक विहिन पुछारमा छ ।