neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थप १ हजार ६४० जनामा कोरोना सङ्क्रमण, २१६१ जना डिस्चार्ज, १० को मृत्यु

बुधवार थप १ हजार ६४० जनामा कोरोना सङ्क्रमण, २१६१ जना डिस्चार्ज, १० को मृत्यु

Sep 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २३

बुधवार थप १ हजार ६४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ४५५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ७३ हजार ५२९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४५५ जनाको परीक्षण भएको छ । हालसम्म ३९ लाख ९० हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २१६१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २१६१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात ३३ हजार १६१ पुगेको छ ।

थप १० को मृत्यु

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ।