neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोटमा पोर्चुगलको सहज जित

Sep 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं २३

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन बर्नार्डो सिल्भा,एन्ड्रे सिल्भा र डायोगो जोटाले एक-एक गोल गरे ।

खेलको २६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा एन्ड्रे सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा डायोगो जोटाले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै पोर्चुगलले ५ खेलबाट १३ अंक जोडेको छ र समूह (ए) को शीर्ष स्थानमा छ । पराजित अजरबैजानको ५ खेलबाट १ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi