neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ग्रिजम्यान चम्किदा फ्रान्सको जित

Sep 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं २३

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा फ्रान्सले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले दुई गोल गरे ।

खेलको २५ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै फ्रान्सले ६ खेलबाट १२ अंक जोडेको छ र समूह (डी) को शीर्ष स्थानमा छ । पराजित फिनल्याण्डको ४ खेलबाट ५ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi