काठमाडौ, भदौ २२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई राप्रपामा आबद्ध हुन आग्रह गरेका छन् ।
वर्तमान जसरी सबै छरिएर रहँदा यस्ता एजेन्डा कमजोर हुने उनको तर्क छ । सामाजिक सञ्जालमा थापाले सो कुरा उल्लेख गरेका छन् । साथै उनले अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्नेहरु बढदै गएको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘६२/६३ मा हामी एक्लै थियौँ, लडदैभिडदै अघि बढ्यौँ । अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने धेरै भएका छौँ। यो बिचार बोक्ने २३ दल निर्वाचन आयोगमा दर्ता छन् । छरिएर रहँदा एजेण्डा कमजोर हुन्छ । हिन्दुराष्ट्र र राजसंस्था चाहने सबै यो बिचारको मुलसंवाहक राप्रपामा एकजुट हुन आह्वान गर्दछु ।’