आधारभूमि संवाददाता
काठमाडौँ, २१ भदौ
ललितपुरको महाहलक्ष्मी नगर पालिका वडा नं.७ मा जेष्ठ नागरिक हारिभजन वानियाँको प्रमुख आतिथ्यता र विशेष अतिथि नेपाली काँग्रेस महालक्ष्मी नगर कमिटीका सभापती दिवाकर सिल्वालको आथित्यतामा नेपाली काँग्रेसको १४ औं महाधिवेशनले पबन कार्कीको अध्यक्षता २१ सदस्य नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ७ वडा नेपाली काँग्रेस कमिटी सर्वसम्मतीमा चयन भएको छ ।
उप सभापती शुभ राज राई, विकेन्द्र वानियाँ, सचिव राजेश के. सी., राजेन्द्र श्रेष्ठ, सहसचिव लक्ष्मी ओझा, मंगल श्रेष्ठ, कोषाध्यक्ष विनिता श्रेष्ठ, सदस्यहरुमा प्रेम बास्तोला, कुमार ठाडा मगर, पूर्ण लक्ष्मी श्रेष्ठ, दिपक श्रेष्ठ, दिपक के. सी., उषा वानियाँ, सोविता परियार, लगायत २१ सदस्यीय नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ७ को वडा कमिटी सर्वसम्मतीले चयन भएको वडा कमिटीका अध्यक्ष कार्कीले आधारभूमिलाई जानकारी गराएका छन् ।