neapl investment mega bank
  • गृहपृष्ठ
  • झापाको भद्रपुरमा मेगा बैंकको एटीम सेवा

झापाको भद्रपुरमा मेगा बैंकको एटीम सेवा

Sep 6th, 2021

काठमाडौ, भदौ २१

मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीम सेवा विस्तार गरेको छ ।

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।