neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता

अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता

Sep 6th, 2021

काठमाडौं, भदौ २१

अविरल वर्षाको कारण भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनहरा खोलाको पानी सुकुम्वासी बस्तीमा पसेर डुवानमा परेका करीव ७० घरपरिवारको सशस्त्र प्रहरीले सकशुल उद्वार गरेको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयतासाथ जुटेको हो । यसैगरी काठमाडौ महानगरपालिका ८ गौरीघाटस्थित सुकुम्वासी बस्तीमा बागमती नदिको बहाव बढेर डुवानमा परेका करीव एक सय घरपरिवारको सशस्त्र प्रहरीले उद्वार गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।

यसैगरी काठमाडौ महानगरपालिका ११ थापाथलीस्थित सुकुम्वासी बस्तीमा बागमती नदिमा पानीको बहाव बढेर बस्तीमा पसेपछि डुवानमा परेकाहरुको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

यसैगरी काठमाडौ जिल्लाको काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित बागमती र विष्णुमती नदिको दोभानमा रहेको सुकुम्वासी वस्तीमा पानी पसेर डुवानमा परेका घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बागमती नदिमा पानीको बहाव बढेर सुकुम्वासी बस्तीमा पस्दा डुवानमा परेका करीव ६० घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरीले काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका ७ हरहरमहादेवस्थित सुकुम्वासी बस्तीमा पानी पसेर डुवानमा परेका घरपरिवारको सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi