काठमाडौ, भदौ २१
माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात वटा शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका ६, काठमाण्डौँ जिल्लाकोकीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालिका २ छ जना चोक मा गरि जम्मा सात स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा सात शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा एक सय ७२ पुगेको छ । ग्राहक सेवा केन्द्रकोरुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।
बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना एक सय ६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैकिङ्ग सेवा र पाँच वटा एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।