neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोटमा बेल्जियमको सहज जित

Sep 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २१ भदौ

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा बेल्जियमले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३-० गोलले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकु,इडेन हाजार्ड र एलेक्सिसले एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।यससँगै लुकाकुले बेल्जियमका लागि १०० गोल पुरा गरे ।

खेलको ४१ औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ६५ औं मिनेटमा एलेक्सिसले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै बेल्जियमले ५ खेलबाट १३ अंक जोडेको छ र समूह (ई) को शीर्ष स्थानमा छ । पराजित चेक रिपब्लिकको ५ खेलबाट ७ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi