neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोट: स्पेनको सहज जित

Sep 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २१ भदौ

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन जोस गया,कार्लोस सोलर,फेरन टोरेस र पाब्लो सरबियाले एक-एक गोल गरे ।

खेलको १४ औं मिनेटमा जोस गयाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।२५ औं मिनेटमा कार्लोस सोलरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४१ औं मिनेटमा फेरन टोरेसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ६३ औं मिनेटमा पाब्लो सरबियाले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै स्पेनले ५ खेलबाट १० अंक जोडेको छ र समूह (बि) को शीर्ष स्थानमा छ । पराजित जर्जियाको ५ खेलबाट १ अंक छ र पुछारमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi