neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अर्मेनियाको पोस्टमा जर्मनीको ६ गोल

Sep 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २१ भदौ

फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा जर्मनीले फराकिलो जित निकालेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा जर्मनीले अर्मेनियालाई ६-० गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन सर्ज जिनाब्रीले दुई गोल गरे भने मार्को रिउस,टिमो वर्नर,जोनास होफम्यान र करीम एडेमीले एक-एक गोल गरे ।

खेलको छैठौं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।१५ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३५ औं मिनेटमा मार्को रिउसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।४४ औं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

दोस्रो हाफको ५२ औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए।

त्यसपछि इन्जुरी समयमा करीम एडेमीले गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाए ।

जितसँगै जर्मनीले ५ खेलबाट १२ अंक जोडेको छ र समूह (जे) को शीर्ष स्थानमा उक्लिएको छ । पराजित अर्मेनियाको ५ खेलबाट १९ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi