neapl investment mega bank
  • गृहपृष्ठ
  • कोजेन्ट हेल्थ बन्यो स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

कोजेन्ट हेल्थ बन्यो स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

Sep 5th, 2021

काठमाडौ, भदौ २०

कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्र्घित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।

एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बीमामा आबद्घ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् । यो सगँै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दावी गर्न बीमीतलाई स्वास्थ्य सेवाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपतहुने अवस्थाको अन्त्य हुने भएको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणाली जस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ई–अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।