neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोट: नेदरल्याण्ड्सको सहज जित

Sep 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २० भदौ

फिफा विश्वकप युरोपियन छनोटमा नेदरल्याण्ड्सले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सले मोन्टेनेग्रोलाई ४-० गोलले पराजित गरेको हो ।

नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले दुई गोल गरे भने जर्जिनियो विज्नाल्डम र कोडी गक्पोले एक-एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टी गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६२ औं मिनेटमा डिपेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ७० औं मिनेटमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ७६ औं मिनेटमा कोडी गक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई ४-० को
सहज जित दिलाए ।

जितसँगै नेदरल्याण्ड्सले ५ खेलबाट १० अंक जोडेको छ र समूह (जी) को दोस्रो स्थानमा छ ।पराजित मोन्टेनेग्रोको ५ खेलबाट ७ अंक छ र चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi