neapl investment mega bank
  • गृहपृष्ठ
  • बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

Sep 4th, 2021

ढाका, १९ भदौ /रासस/सिन्ह्वा

बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ ।

बङ्लादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झण्डै १८ महिनापछि पुनः सञ्चालन हुने भएको अधिकारीले जनाएका छन् ।

बङ्लादेशका शिक्षा मन्त्री दिपु मोनीले विद्यालय खुल्ला गरिएपनि सबै विद्यार्थीको पठनपाठन भने अहिले नै नहुने स्पष्ट पार्नुभयो ।

उहाँले शुक्रबार दिएको जानकारीअनुसार सुरुमा परिक्षा आउन लागेका विद्यार्थीको मात्रै पठन पाठन सुचारु गरिने भएको हो ।

अन्य विद्यार्थीलाई भने भीडभाड नहुनेगरी हप्तामा एक/दुई दिन पढाउनेगरी व्यवस्था गर्न लागिएको पनि शिक्षा मन्त्री मोनीले जानकरी दिनुभयो ।

उहाँले पढाइ हुने दिनको सङ्ख्या भने कोरोनाभाइरसको महामारीको अवस्था हेरेर बढाउदै लैजान सकिने पनि बताउनुभयो । बङ्लादेश सरकारले विश्वविद्यालय भने यसअघि अक्टोबर १५ देखि नै सञ्चलन गर्ने निर्णय गरेको थियो ।

बङ्लादेशमा अघिल्लो वर्षको मार्चदेखि महामारी धेरै फैलिएको भन्दै विद्यालय बन्द गरिएको थियो । बन्द गर्ने म्याद थप्दै थप्दै यही सेप्टेम्बर ११ सम्म पुगेको छ । अव भने बन्द गर्ने म्याद नथपिने भएकले सेप्टेम्बर १२ देखि विद्यालय खुल्ला हुने भएक हुन ।

बङ्लादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म १५ लाख १० हजार २८३ जना सङ्क्रमित भएका छन् भने तीमध्ये २६ हजार ४३२ जनाको मृत्यु भएको छ ।