neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • परिवार दल अध्यक्ष ढकाल दिल्ली प्रस्थान

परिवार दल अध्यक्ष ढकाल दिल्ली प्रस्थान

Sep 3rd, 2021

काठमाडौ, भदौ १८

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल शुक्रबार एयर इन्डिया बिमान मार्फत दिल्ली भ्रमणको लागि प्रस्थान गरेका छन् । भारतीय सांसदहरुको निमन्त्रणामा छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा चार दिन रहदा अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय शान्ति तथा सुरक्षा सम्बन्धि कार्यक्रममा सहभागिता जनाउने भ्रमणमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए ।

भ्रमणको क्रममा दुई देशको मित्रता अभिवृद्धि गर्न भारतीय नेताहरुसंग छलफल हुनेछ । ढकाल यही भाद्र २२ गते स्वदेस र्फकने ढकालको सचिवालयले जनाएको छ । दलको केन्द्रीय कार्यसमितिको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेसँगै ढकालले गरेका भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi