neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बृक्षारोपण कार्यक्रमको आयोजना

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बृक्षारोपण कार्यक्रमको आयोजना

Sep 2nd, 2021

काठमाडौं, भदौ १७

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहिबार आयोजित बृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिषरमा आयोजित उक्त बृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत र सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुले सो अवसरमा बृक्षारोपण गर्नुभएको हो ।

त्यसअवसरमा अम्बा १५, कागती ४, नासपाती १, आरुबखेडा ३, एभोगाडो ३, सुन्तला २, तेजपत्ता २०, ओखर ३, रुद्राक्ष २, रिट्ठा १३, अनार १, जुनार ३, ज्याकारण्डा १४, मेसेडोनिया ८, स्याउ २ र धुपी १० गरी जम्मा १ सय ४ वटा बिरुवा रोपिएको छ ।

अभियानको रुपमा सुरु गरिएको बृक्षारोपण कार्यक्रम भाद्र १८ गतेदेखि २० गतेसम्म सशस्त्र प्रहरी बल नेपालको देश भरका विभिन्न एकाईहरुमा समेत संचालन गरिने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi