काठमाडौ, भदौ १७
महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी क्युु आर पेमेन्टको माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्युु आर पेमेन्ट तथा अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले “यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंक वा अनलाईन मार्फत जरिवाना भुक्तानी गर्ने व्यवस्थालाई थप परिस्कृत गर्दै आजदेखि मोबाइल फोन बाट सिधै क्यु आर कोडलाई स्क्यान गरी जरिवाना तिर्न सकिने ब्यवस्था सुरु गरेको छौ यसले थप जरिवाना तिर्न अन्य सेवा प्रदायक संस्था वा बैकको एप्स इन्स्टल गरी तिनुपर्ने बाध्यतालाई सहज गरिएको छ । यसले कोरोनाको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यकभिडभाडमा कमी आउने र समयको समेत वचत हुनेछ” ।
महाशाखाका प्रवक्ताप्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासले “ट्राफिक नियम उल्लंघन गरेका चालकले बैंकमा गएर बुझाउने जरिबाना अब क्युआर कोडमार्फत सिधै सरकारी राजश्व खातामा रकम जम्मा गर्नसक्ने छन्,जसले गर्दा बैंकमा लाइन लाग्नुपर्ने बाध्यता हटेको उनले बताए ।”
ट्राफिक नियम उल्लघंन पश्चात कारवाहीमा पर्ने सवारी चालकहरुलाई जरिवाना तिर्न त्तच् ऋयमभ मार्फत प्रभावकारी र प्रविधिमैत्री सेवाको विस्तार गरिएको छ । ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा थप प्रविधिमा जोड दिई सम्पुर्ण सेवाग्राहीहरुलाई छिटो, सहज सेवा दिने महाशाखाले जनाएको छ ।