neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

Sep 2nd, 2021

काठमाडौ, भदौ १७

लक्ष्मी बैंकद्वारा निष्काशित दुई अर्ब मूल्य बराबरको “८.५ प्रतिसत लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।

सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । आज बिहिबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुखकार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गर्नुभयो ।