neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

Sep 2nd, 2021

काठमाडौ, भदौ १७

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले कपिलवस्तुकोे तौलिहवामा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, संस्थाले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।