neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ़्रेण्ड्स सर्भिस काउन्सिल नेपालद्रारा महालक्ष्मी नगरपालिकालाइ मेडिकल सामाग्रीहरू हस्तान्तरण

फ़्रेण्ड्स सर्भिस काउन्सिल नेपालद्रारा महालक्ष्मी नगरपालिकालाइ मेडिकल सामाग्रीहरू हस्तान्तरण

Sep 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १७ ।

फ़्रेण्ड्स सर्भिस काउन्सिल नेपालद्रारा महालक्ष्मी नगरपालिका भित्रका १० वटा वडा कार्यालयहरू संगको सहकार्य र समन्वय तथा वल्ड जे वीस रिलिफ संस्था यु .के को साझेदारीमा महालक्ष्मी नगर पालिका भित्र कोभिड-१९ प्रतिकार्य परियोजना २०२१ अगस्ट महिना देखि संचालन गरिरहेको छ ।

यस परियोजना अन्तर्गत कोभिड-१९ को आपतकालिन समयमा सहयोग पुग्न सकोस भन्ने उद्देश्यले महालक्ष्मी नगर पालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अक्सिजन, मास्क, सेनिटाइजर, हाइन्ड वास, साबुन, वइट मेशिन, अक्सीमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिक मास्क लगाएत २३ प्रकारका मेडिकल सामाग्रीहरू एक समारोहका वीच वागमती प्रदेशका माननीय सांसद माधव पौडेलले नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापा लाइ ५ लाख ५० हज़ार रूपैया वरावरको सामाग्रीहरू हस्तान्तरण गर्नुभयो ।

कोविड-१९ वाट प्रभावित अति विपन्न, अपागंता भएका, सुत्केरी, गर्भवती, एकल महिला, जेष्ठ नागरिकहरू र कोभिड-१९ का कारण रोज़गार गुमाएका गरि अहिले सम्म २२५ जनालाइ राहत स्वरूप एउटा परिवारलाइ १ महिना सम्मको लागि पुग्ने गरी खाध्यन्न सहयोग गरिएको छ । राहत स्वरूप २५ केजी को १ वोरा चामल, १ के जी दाल, १ के जी चिनी, १ के जी चना, १ लिटर तेल र १ पाकेट नुन वितरण गरिएको थियो । महालक्ष्मी नगर पालिका भित्र १० जना स्वयंसेवक परिचालन गरि कोभिड-१९ वाट प्रभावित समुदायको विवरण संकलन, कोवो सफ्टवयर प्रयोग गरि आवस्यकता पहिचाहन र सुरक्षित रहने उपायहरूको वारेमा सचेतना अभिवूर्दी गर्ने उद्देश्यले जनचेतना सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

विभिन्न सार्वजनिक स्थलहरूमा हेल्प डेस्क, नगर भित्र विभिन्न क्षेत्रहरूमा माइकिंग गर्ने, समुहमा छलफल, घर घरमा भ्रमण गर्ने , नगर पालिका भित्र विभिन्न वडाहरूमा संचालन भएको खोप कार्यक्रमहरूको वारेमा गाउँ घरमा सुचाना प्रवाह गर्ने, खोप लगाउनको लागि अभिप्रेरित गर्ने खोप केन्दहरूमा स्वयंसेवकहरू मार्फ़त सहयोग गर्ने काम पनि गरिदै आइरहेको छ ।

यसको साथै कोभिड-१९ वाट वच्ने उपाएहरू र विपद् जोखिम न्यूनीकरणको वारेमा र स्वच्छ वजारको वारेमा समेत स्वयंसेवकहरू मार्फ़त जनचेतना अभिवूर्दी गर्ने कामहरू भइरहेको छन ।
अहिले सम्म २२५ घर परिवार लाइ खाध्यन्न सामाग्रीहरू गरिएको छ भने जनचेतना कार्यक्रम अन्तर्गत १७०० जना र १२३१ जनावाट कोवो सफ्र्टवेयर मार्फत विभिन्न सुचनाहरू संकलन गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi