neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सांसद बस्नेतद्वारा देवालय र पाटी उद्घाटन

सांसद बस्नेतद्वारा देवालय र पाटी उद्घाटन

Aug 31st, 2021

भक्तपुर, १५ भदौ /रासस

सूर्यविनायक नगरपालिका–७ स्थित बस्नेत गाउँ डोकाथलीमा आत्माशुद्धिकरण देवालय तथा रणबम पाटी निर्माण गरिएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नगरपालिका, स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष), तथा स्थानीयवासीको सहयोगसहित कूल ८४ लाखको लागतमा देवालय तथा पाटी निर्माण गरिएको थियो ।

देवालयमा गणेश, कुमार, बूढानीलकण्ठ, पलाञ्चोक भगवती, मनकामना, विन्दवासिनी, नवदुर्गा, बङ्गलामुखी, राधाकृष्ण, लक्ष्मी, सरस्वतीलगायत १८ देवीदेवताका मूर्ति राखिएको छ । सांसद महेश बस्नेतले आज देवालय तथा विश्रामस्थल उद्घाटन गर्दै कम्युनिष्टबारे फैलाइएका प्रचार अहिले झुटो सावित हँुदै आएको बताउनुभयो ।

भौतिक पूर्वाधार निर्माणका साथै धार्मिक, सांस्कृतिक, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रलाई उच्च प्राथमिकता राख्दै विकासको लहर ल्याइएकाले चार वर्षको अन्तरालमा अहिले भक्तपुर देशकै नमूना बनाउन सफल भएको उहाँको भनाइ थियो ।

जनप्रतिनिधिले चाहेमा विकासको लहर ल्याउन सक्छन् भन्ने उद्धाहरण यो चार वर्ष आफूहरूले गरेरै देखाएकाले यसको मूल्याङ्कन गर्न आग्रह गर्दै सांसद बस्नेतले एक वर्षभित्रै सबै ठूला सडक कालोपत्र भइसक्ने, पुल, खानेपानी तथा ढलसमेत निर्माण गरिने, ठूला सडक निर्माणका लागि बोलपत्र आह्वान भइसकेकाले छिटृै काम अघि बढाइने र भूकम्पपछि अधिकांश संरचनापुनःनिर्माण गरिएको पनि जानकारी दिनुभयो ।

नगर प्रमुख वासुदेव थापाले जिल्लाको इतिहासमै अहिले भएको विकासले फड्को मारेको चर्चा गर्दै यसको नमूनाका रुपमा यही नगरपालिकालाई लिन सकिने जिकिर गर्नुभयो । नगरपालिकाले लिएको ६०÷४० को नीतिअनुसार कुनै पनि आयोजनका लागि बजेट खाँचो नहुने भएकाले यसैबमोजिम थप योजना अगाडि बढाउन आग्रह गर्दै उहाँले देवालयका लागि रु ५५ हजार ५५५ सहयोगसमेत गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi