काठमाडौ, भदौ १५
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका, बागमती प्रदेशमा खोलेर विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्का बहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठको साथमा भएको थियो । सिन्धुली माडी शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंन्किंग सेवाहरु प्रदान गर्ने बैकले जानकारी दिएको छ ।
बैकले सबैक्षेत्रमा गरी ८७ वटा शाखा, एक सय ३० वटा एटिएम काउन्टर, २० वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर र ५६ वटा शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५, २०७८ मा युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।