neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाण चौधरीसँग ग्लोकल २० अन्डर २० को अन्तरकृया सम्पन्न

निर्वाण चौधरीसँग ग्लोकल २० अन्डर २० को अन्तरकृया सम्पन्न

Aug 31st, 2021

काठमाडौ, भदौ १५

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको छ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को मुख्य साझेदारको रूपमा वाई वाई, जोडिएको छ । यसै अन्तर्गत किशोरकिशोरीहरुले सिजी कर्प ग्लोवलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए । उनले आफुलाई किशोरकिशोरीहरुबाट प्रेरणा मिलेको र सदैव उनिहरुको कार्यमा सहयोग गर्ने कुरा बताए । यिनै प्रतिभावना किशोरकिशोरीहरुसँग अन्तरकृया गर्न पाउदा गौरब महसुस भएको पनि बताए । हाम्रो समाज र देश को सुधारको लागि युवाहरुको योगदान अपरिहार्य रहेको कुरा पनि बयान गरेका थिए । सबैको आफ्नो जीवनमा उद्देश्य हुन्छ, र एक आफ्नो लक्ष्य पुरा गर्नका लागि निरन्तर मेहेनत एवं लगनशीलता महत्वपूर्ण हुने कुरा बताए । अहिलेको समयमा साझेदारी एवं सहकार्य जरुरी भएको कुरा बिष्लेषण गर्दै आफ्नो सपनालाई पुरा गर्न एवम अगाडि बढ्न प्रोत्साहन गरे । उनले किशोरकिशोरीहरुलाई राम्रो नेटवर्किङ निर्माण गर्न प्रेरित गरे ।

तपाइँको नेटवर्क तपाइँको नेट वर्थ हो एक उद्धरणलाई जोड्दै उहाँले किशोरकिशोरीहरुलाई सम्भावित सहयोगको अन्वेषण गर्न र आफ्नो देश बिकासमा लागिकार्य गर्दे आफु र आफ्नो भावी पुस्ताको लागि एक राम्रो भविष्य निर्माण गर्न आग्रह गरे । यो अन्तर्कृया अत्यन्त प्रेरणादायक रहेको थियो । अन्तत ग्लोकलले वाई वाइसँगको साझेदारी मार्फत युवा बिकासका नविनतम आयाम सिर्जना गर्ने कुरामा साकारात्मक रहेको कुरा बताए ।