neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुर महानगर बेथिति २, नियम बिपरित उपभोक्ता समितिलाई ३ करोड ७८ लाख भुक्तानी

ललितपुर महानगर बेथिति २, नियम बिपरित उपभोक्ता समितिलाई ३ करोड ७८ लाख भुक्तानी

Aug 31st, 2021

आधारभूमि संवाददाता

ललितपुर भदौ १५

ललितपुर महानगरपालिको नियम बिपरित सडक तथा भवन निर्माणको रकम भुक्तानी गरेको भेटिएको छ । नियम बिपरित रकम भुुक्तानी गर्दा राज्यकोषबाट ३ करोड ७८ लाख रकम बढि भुक्तानी भएको भेटिएको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १०मा सार्वजनिक निकायले स्वीकृत नम्ंर्सको आधारमा निर्माण लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । जसअनुसार सडक निर्माणका लागि मन्त्रीपरिषद्ले २०७५ साउन २५ मा स्वीकृत गरेको सडक तथा पुलको दर बिश्लेषण नम्र्स तथा भवन संरचना निर्माणका लागि भवन बिभागबाट प्रकाशित नम्र्सको प्रयोग गर्नुपर्छ ।

तर ललितपुर महानगरपालिकाले सडक संरचना निर्माणका लागि डिभिजन सडक कार्यालय ललितपुर र भवन तर्फ महानगरपालिका प्राविधिकले तयार गरेको दर बिश्लेषणभन्दा बाहिर गएर सम्झौता गरि उपभोक्ता समितिलाई बढि रकम भुक्तानी गरिएको छ ।

महानगरपालिकाले यो वर्ष सडक निर्माण तर्फ ३ करोड ६४ लाख र भवन संरचनामा १३ लाख ६९ हजार गरि ३ करोड ७८ लाख बढि रकम भुक्तानी भएको देखिएको छ । र, उक्त रकम असुल गर्नुपर्ने महालेखा परिक्षक कार्यालयको निष्कर्ष छ।

त्यस्तै ललितपुर महानगरपालिकाले मानिसबाट कार्यगर्ने गरि दररेट स्वीकृत गरेकामा उपभोक्ता समितिमार्फत मेसीन प्रयोग गरेको पाइएको छ । मेसीन प्रयोग गरेका यस्ता १० योजनाबाट मात्रै ४७ लाख १७ हजार बढि भुक्तानी भएको देखिएको छ ।

यसरी नियम बिपरित रकम भुक्तान गरेकाले नै ललितपुर महानगरपालिकाको बेरुजु बढ्दै गएको देखिन्छ । अहिलेसम्म यसको बेरुजु १ अर्ब ६९ करोड पुगेको छ । यो वर्ष मात्रै यस्तो बेरुजु रकम ६७ करोड ३० लाख बढेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi