neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रोबर्टो र डिपेको गोलमा बार्सिलोनाको जित

रोबर्टो र डिपेको गोलमा बार्सिलोनाको जित

Aug 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १४

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।घरेलु मैदानमा आईतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन सर्जी रोबर्टो र मेम्फिस डिपेले एक एक गोल गरे ।गेटाफेका स्यान्ड्रो रमिरेजले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता भने बार्सिलोनाले लिएको थियो।खेलको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको १८ औं मिनेटमा गेटाफेका स्यान्ड्रो रमिरेजले गोल गर्दै खेल १-१ बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३० औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपेले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै बार्सिलोनाले ३ खेलबाट सात अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित गेटाफे अंक विहीन तालिकाको १९ औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi