neapl investment mega bank
  • गृहपृष्ठ
  • परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन

परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन

Aug 29th, 2021

काठमाडौ, भदौ १३

नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ । समितिले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहजतथा सरलरूपमा निर्यातकर्तालाई उपलब्ध गराउनेछ । समितिको संयोजक परिसंघका राष्ट्रिय परिषद सदस्य अमित मोर रहेकाछन ।

हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ । उद्योग विभाग अन्तर्गत रहेको उत्पत्तिको प्रमाणपत्र सम्बन्धी प्राविधिक समितिमा परिसंघ हालै सदस्यको रुपमा चयन भएको थियो । यससँगै परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ । ‘अब परिसंघ सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न सक्ने अवस्थामा छ,’ संयोजक मोरले भने ।

सरकारले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत परिसंघले तेस्रो मुलुक निकासीलाई आवश्यक उत्पत्तिको प्रमाणपत्र विद्युतीय माध्यमबाट समेत जारी गरिरहेको जानकारी दिँदै उनले निकट भविष्यमा भारत, साफ्टा तथा अन्य द्विपक्षीय व्यापार समझौता अन्तर्गतका उत्पत्तिको प्रमाणपत्रहरु समेत विद्युतीय माध्यमबाट जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै परिसंघले आफ्ना सदस्य संस्था तथा निर्यातकर्ताहरुलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा कुनै बाधा अड्चनवा समस्या रहेमा परिसंघमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
उत्पत्तिको प्रमाणपत्र समितिको सह–संयोजकमा राहुल अग्रवाल तथा सदस्यहरुमा राजेश कुमार अग्रवाल, नरेश दास, मनिष खेम्का, राजीव गुप्ता, सन्दिप शारदा, विदुशि राणा तथा सौरभ दुगड रहेकाछन ।